भुषालले ओलीलाई लंकाका रावणसँग तुलना गरे, असार सम्ममा ओलीलाई सडकमा ल्याउने चेतावनी

भुषालले ओलीलाई लंकाका रावणसँग तुलना गरे, असार सम्ममा ओलीलाई सडकमा ल्याउने चेतावनी

  • शनिबार, फाल्गुन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

फागुण ८ पाल्पा । नेकपा स्थायी समिति सदस्य घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लंकाको रावणसगँ तुलना गरेका छन् । पाल्पामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई संवोधन गर्दै भुषालले १० टाउके रावणले घमण्डले गर्दा लंका सिध्याएर आफै पनि सिद्धिएको उल्लेख गर्दै ओलीले पनि पार्टी र देशलाई ध्वस्त पारेर आफू सिद्धिने अवस्थामा पुगेको बताए ।
उनले सर्वोच्चले संसद पुनस्थापनाको पक्षमा फैसला नगरे देशमा रक्तपात मच्चिन सक्ने चेतावनी दिए ।
यदी संविधान विपरीत फैसला आयो भने पनि असार सम्ममा ओलीलाई सडकमा ल्याएरै छाड्ने भुषालले चेतावनी दिए ।
यसै गरी कार्यक्रममा अर्का नेता युवराज ज्ञवालीले पार्टीले वैचारिक हिशाबले नचल्दा नै ओली जस्ता तानाशाहको उदय भएको भन्दै अब बिचार र पद्धतिका आधारमा नचलाईए अर्को तानाशाह ओलीवाद जन्मने बताए ।
नेकपा नाम कम्युनिष्ट र काम सामन्तवादीको भएको भन्दै उनले ओली बाहिरिए पछि भने पार्टीले अब सच्चिने मौका पाएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ