सरकारसगँ वार्ताको लागि सकारात्मक रहेको विप्लवको घोषणा

सरकारसगँ वार्ताको लागि सकारात्मक रहेको विप्लवको घोषणा

  • शनिबार, फाल्गुन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

फागुण ८ काठमाण्डौं । प्रतिवन्ध लागेको करीब दुई वर्ष पुरा हुँदै गर्दा विद्रोही नेकपा राज्यप्रति नरम बन्दै गएको देखिएको छ । यस अघि वार्ताका लागि विभिन्न शर्तहरु राखेको नेकपाले अहिले भने वार्ताको लागि सकारात्मक रहेको घोषणा गरेको छ ।
केही दिन अघि मात्रै विप्लव नेतृत्वको नेकपा सहित चार दलले रणनीतिक मोर्चा निर्माण गरेका थिए ।
आज पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले छोटो विज्ञप्ति जारी गरी आफ्नो पार्टी सरकारसगँ संवाद र वार्ताको लागि सकारात्मक रहेको घोषणा गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो । यसको प्रकृयामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसगँ संवाद र वार्ताको लागि रहेको बिषय सबैमा जानकारी गराउदछौँ ।” भनिएको छ ।
कोभिड शुरु भए पछि विप्लवले राज्य बिरुद्धका आक्रामक कार्बाही स्थगित भएको घोषणा गरेका थिए ।
सरकारले वार्ता र नियन्त्रण दुबै रणनीति अपनाएको बताउदै आएको छ ।
वार्ताको अनौपचारीक चर्चा चल्दै गर्दा सो पार्टीका नेता धमेन्द्र वास्तोला सहितका नेताहरुलाई सरकारले पक्राउ गरीसकेको छ ।

May be an image of 2 people and text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ