फागुण ८ विराटनगर । गृहमन्त्री राम बहादुर थापाले प्रचण्ड माधव नेपालहरुको पदलोलुप, फुटपरस्त र अवसरवादी चरित्रले देशमा आजको स्थिति आएको बताएका छन् ।
ओली समुहले आज बिराटनगरमा आयोजना गरेको जनसभालाई संवोधन गर्दै गृहमन्त्री बादलले आफूहरुको बिशाल पार्टी एकता र सुदृढीकरणको अभियान देखेर अत्तालिएका प्रचण्ड माधवहरुले काठमाण्डौबाट ग्वेवल्स शैलीमा मन्त्रीहरु नै आन्दोलनमा आँउदैछन् भनेर झुट्टा प्रचार गरेको बताए ।
उनले कन्चनपुरकी बलात्कार एवं हत्या गर्ने अपराधी पक्राउको नजिक पुगेको र छिट्टै कार्बाहीको दायरामा आउने दाबी पनि गरे ।
अवसरवादी र प्रतिगामीहरुले षड्यन्त्र गरीरहेको भन्दै सही नेतृत्व ल्याउन जनताको बीचमा फेरी निर्वाचनको माध्यमबाट आन्दोलित गर्नु पर्ने आवस्यकता बनेको गृहमन्त्री वादलले बताए ।
संसद विघटन ठूलो ऐतिहासिक राजनीतिक र अग्रगामी कदम भएको उनको दाबी छ ।