विराटनगर फागुण ८ । नेकपा ओली समुहका नेता सुवास नेम्वाङले आउदो बैशाख १७ र २७ गते हुने निर्वाचनलाई जनताले अनुमोदन गरीसकेकाले अब निर्वाचन भएरै छाड्ने दाबी गरेका छन् ।
ओली समुहले आज विराटनगरमा आयोजना गरेको आमसभालाई संवोधन गर्दै नेम्वाङले जनताले दुधको दुध पानीको पानी छुट्याउन निर्वाचन रोजेको बताए ।
प्रधानमन्त्री ओलीले माघ २३ गतेको आम सभामा जनता के चाहन्छन् भनेर सोध्दा जनताले चुनाव भनेको आफ्नो कानमा गुञ्जिरहेको भन्दै निर्वाचनको विकल्प नभएको बताए ।
झण्डै दुई तिहाईको बहुमत भएको प्रधानमन्त्रीलाई काम गर्न नदिएकाले संसद विघटन गरेकाले प्रधानमन्त्रीले जनता गुहार्न जान पाउने लोकतान्त्रिक अधिकार रहेको उनले बताए ।
अब सर्वोच्चमा बहस पनि सकिएकाले फागुण ११ देखि १५ गते सम्ममा फैसला आईसक्ने नेम्वाङले बताए ।
प्रधानमन्त्री सयमा दुई सय प्रतिशत अदालतबाट संसद विघटन सदर नहुनेमा विस्वस्त रहेको र आफू प्रधानमन्त्रीप्रति विश्वस्त रहेको भन्दै उनले अदालतले फैसला गरेको भोलिपल्ट मात्र यस विषयमा बोल्ने बताए ।
सर्वोच्चको फैसला लगत्तै सबै राजनीतिक दलहरु निर्वाचनमा जाने फैसला गर्ने तहमा पुग्ने नेम्वाङको दाबी छ ।