फागुण ८ विराटनगर । पुस ५ गते संसद विघटन पछि विभाजित नेकपाको ओली समुहले आज संसद विघटन र निर्वाचनको पक्षमा विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट निस्कने र्याली पछि आयोजना हुने सभालाई प्रधानमन्त्री ओलीले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदर्शनपछि विराटनगरस्थित विराटनगर अस्पताल नजिकैको नीजि खाली जग्गामा सभा गर्ने तयारी छ । प्रदेश १ भरीका कार्यकर्ता धमाधम बिराटनगर ओसारिएको छ भने काठमाण्डौमा रहेका प्रदेश एकका केही कार्यकर्ता समेत सभाका लागि विराटनगर गएका छन् । कार्यक्रमलाई प्रधानमन्त्री बाहेक गृहमन्त्री रामबहादुर थापा बादल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रम हुनुअघि विराटनगरको विभिन्न ६ स्थानबाट र्याली निस्कने छ ।
सो समुहले यस अघि काठमाण्डौं, वुटवल र कैलालीमा शक्ति प्रदर्शन गरीसकेको छ ।
आज सभालाई संवोधन गरे पछि प्रधानमन्त्री ओली काठमाण्डौं फर्कनेछन् ।