प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति काँग्रेसको विरोध

प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति काँग्रेसको विरोध

  • शुक्रबार, फाल्गुन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

नेपाली काँग्रेसले सरकारको सिफारिसमा प्रदेश नं २ का प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिप्रति विरोध तथा भत्सर्ना गरेको छ ।

अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर वर्तमान सरकारले यस अघि प्रदेश प्रमुखमा नयाँ नियुक्ति गरेको थियो । फेरि आज त्यही प्रवृत्ति दोहो¥याएर सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने काम गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत आरोप लगाउनुभएको छ ।

निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई सरकारले आन्तरिक दबाब दिएको आरोप लगाउँदै काँग्रेसले सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु गलत र आपत्तिजनक रहेको टिप्पणी गरेको छ । काँग्रेसले सरकारको यस कदमप्रति विरोध जनाउंदै यस्ता कार्य अविलम्ब रोक्न चेतावनीसमेत दिएको छ ।
आज प्रदेश २ का प्रमुख प्रचण्ड निकट रहेका प्रदेश प्रमुख तिलक परियारलाई हटाएर राजेश झालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ