७ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छन् । प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरे लगत्तै राष्ट्रपति भण्डारीले आजै झालाई नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।
परियार २०७६ कार्त्तिक १८ गते प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई आज राष्ट्रपतिले पदमुक्त गरेकी थिइन् ।
नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जनाएका छन्। यसैगरी संविधानको धारा १६३ को उपधारा २ बमोजिम राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि २०७६ कार्त्तिक १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा परियारलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।
