देउवामाथि सार्वजनिक कार्यक्रममो आक्रोसित बने पौडेल, लोकतन्त्र चलाउने कि ठालु तन्त्र ?

देउवामाथि सार्वजनिक कार्यक्रममो आक्रोसित बने पौडेल, लोकतन्त्र चलाउने कि ठालु तन्त्र ?

  • बिहिबार, फाल्गुन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

फागुण ६ पोखरा । नेपाली काँग्रेस भित्र संसद विघटन बिरुद्ध शुरु देखि नै आन्दोलन र संसद पुनस्थापनाको पक्षमा उभिदै आएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाले जनतालाई भ्रमित पार्ने कोशिस गरेको भन्दै सार्वजनिक कार्यक्रममै आक्रोश पोखेका छन् ।
आज पोखरामा नेपाल राष्ट्रिय मगर संघको पोखरामा भएको प्रदेश स्तरीय भेलालाई संवोधन गर्दै पौडेलले सभापति देउवाले पार्टीमा लोकतन्त्र हैन ठालू तन्त्र चलाएको भन्दै कडा प्रहार गरे ।
उनले आज खड्कप्रसाद ओली, कम्युनिष्ट प्रधानमन्त्रीले संविधानमाथि प्रहार गरेको छ’, पौडेलले प्रश्न गरे, ‘हामी समावेशी लोकतन्त्रको पक्षधरको दायित्व के हो ? भन्दै प्रश्न गरे ।
यो व्यवस्था संवैधानिक सर्वोच्चताको भएकाले काँग्रेसले संविधानले के भन्छ त्यो बोल्नु पर्ने भन्दै अदालतलाई कुरेर नहुने बताए । उनले अदालतले के गर्छ भन्दा पनि काँग्रेसले के गर्छ भनेर सोच्नु पर्ने बताए ।
देउवाले जे पायो त्यही बोलेर जनतालाई भ्रमित पारेर हिँडेको भन्दै बिरोध जनाएका पौडेलले देउवालाई लोकतन्त्रको सबै भन्दा ठूलो नेता भएर अदालत देखाएर भाग्ने भन्दै बिरोध जनाए ।
सभापति देउवा भने आन्दोलन भन्दा पनि अदालतको निर्णयलाई काँग्रेसले मान्ने भन्दै केन्द्रीकृत आन्दोलन गर्ने पक्षमा नरहेको काँग्रेस नेताहरु बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ