फागुण ६ काठमाण्डौं । केपी ओली नेतृत्वको सरकारले पूर्व राजादेखि प्रचण्ड सम्मका पूर्व पदाधीकारीहरुको अगुवा पछुवाको रुपमा खटिरहेका शसस्त्र प्रहरीलाई फिर्ता बोलाएको छ ।
त्यस पछि पूर्व राजादेखि पूर्व मन्त्री सम्मले गृहमन्त्रालयमा निवेदन दिएका छन् । तर प्रचण्डले सुरक्षा कटौती नगर्न त्यस्तो निवेदन दिएका छैनन् ।
बरु उनले जनयुद्धकालमा आफैले खडा गरेको जनमुक्ति सेनाका पूर्व लडाकुहरुलाई थप सुरक्षाका लागि परिचालन गर्न थालेका छन् ।
राज्य बिरुद्ध शसस्त्र विद्रोहको नेतृत्व गरेकाले पनि प्रचण्डमाथि स्वभाविक सुरक्षाथ्रेट बढी हुने भन्दै उनका लागि राज्यले पनि ठूलो संख्यामा सुरक्षाकर्मी दिएको थियो ।
तर हालै मन्त्रीपरिषद्को बैठकले निर्णय गरे अनुसार उनको सुरक्षामा शसस्त्रका १६ जना र जनपदका २ जना मात्रै खटिरहेका छन् । बाँकी ५५ जना शसस्त्र प्रचण्डको सुरक्षाबाट फिर्ता भईसकेका छन् ।
यस्तो स्थितिमा सरकारले हयुमुलेट गरेको महसुस गर्दै प्रचण्डले फेरी आफैले निर्माण गरेका पूर्व लडाकुहरुमाथि भरोसा गर्न थालेका छन । यस अघि प्रचण्डको अगुवा गाडीको रुपमा हिँड्ने गरेको गाडीको स्थानमा पूर्व लडाकुको गाडीले स्कर्टिगं गर्न थालेको उनको सचिवालय स्रोतले जनाएको छ ।
कार्यक्रम स्थलको व्यवस्थापन र यात्राको क्रममा अगुवा गाडीको रुपमा पूर्व लडाकुलाई परिचालन प्रचण्डले गर्न थालेको बुझिएको छ ।
प्रचण्डले यसरी पूर्व लडाकु खटाएको थाहा पाए पछि सरकारी अधिकारी भने सन्तुष्ट नरहेको स्रोतको दाबी छ ।
पछिल्लो समय सरकार बिरुद्ध आन्दोलनको नेतृत्व गरीरहेका प्रचण्डको सुरक्षाकर्मी कटौतीलाई सरकारले प्रतिशोधका लागि त्यसो गरेको हुन सक्ने बुझाई प्रचण्डका निकटवर्तीहरुको छ ।