फागुण ५ हेटौडा । बागमती प्रदेश सभाको बैठक विना कारण सभामुखले दलहरुसगँ परामर्श नगरी सूचना टाँसेर स्थगित भएकोप्रति सांसदहरु असन्तुष्ट बनेका छन् ।
काँग्रेसका तर्फबाट काठमाण्डौ क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद दिपेन्द्र श्रेष्ठले सभामुख सरकारको लाचार छाँया बनेर दलहरुसगँ परामर्श नगरी बैठक रोकेको भन्दै आपत्ति जनाएका छन् ।
साथै उनले प्रदेश सभामुख लोकतान्त्रिक अभ्यासबाट बिमुख भएको भन्दै आपत्ति जनाएका छन् ।
सरकारको बिरूद्दमा राखिएको अबिश्वासको प्रस्तावको सरकारको अनुकूलतामा असहज भएको परिस्थितिको ढाल बनी प्रतिरक्षामा लागेकोमा ु सरकारको मतियार भएकोमा दुख प्रकट गर्दै लोकतान्त्रिक अभ्यासलाई गल्हत्याउने गरिएको प्रयास प्रति गम्भीर ध्यानाकर्षण गराउँन चाहन्छु। सांसद श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् ।
ओली समुह निकट मुख्य मन्त्री डोरमणि पौडेल बिरुद्ध प्रचण्ड माधव समुहले अविस्वासको प्रस्ताव पेश गरे पछि त्यसलाई छल्न सभामुखले संसदको बैठक नै सार्दै र टार्दै आएको भन्दै सांसदहरु रुष्ट बनेका हुन् ।
प्रचण्ड माधव समुहले मुख्यमन्त्री पौडेललाई हटाएर अष्ट लक्ष्मी शाक्यलाई मुख्य मन्त्री बनाउन प्रस्ताव गरेको छ । दुबै समुहले काँग्रेसलाई लिएर अघि बढ्ने प्रयास गरीरहेको छ ।