भागरथीको बलात्कार तथा हत्याका अभियुक्त दिनेशलाई प्रहरीले सार्वजनिक गर्यो, हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

भागरथीको बलात्कार तथा हत्याका अभियुक्त दिनेशलाई प्रहरीले सार्वजनिक गर्यो, हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • बुधबार, फाल्गुन ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

फाल्गुन ५ वैतडी । वैतडीकी भागरथी भट्टको बलात्कार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका छिमेकी दिनेश भट्टलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले थप पाँच दिनको समय दिएको छ । उनलाई प्रहरीले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययन गर्दै आएका थिए ।

भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । उनले प्रहरीसगँ बयानका क्रममा घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको डिआईजी उत्तम सुवेदीले जानकारी दिए । सुवेदीकै नेतृत्वमा प्रहरीले व्यापक अनुसन्धान पछि भट्टलाई घटनाको १३ औं दिनमा नियन्त्रणमा लिन सफल भएको थियो ।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।
सो घटना पछि निर्मला पन्तको जस्तै अवस्था नआवोस् भनेर शुरुदेखि नै सजग बनेको प्रहरीले प्रमाणहरु संकलन गरी अभियुक्तलाई नियन्त्रणमा लिएर कार्बाही अघि बढाउन सफल भएको हो ।
यस घटनाका अभियुक्त सार्वजनिक भएसगँै चौकीमा पुगेर बसेका डिआईजी सुवेदीलाई स्थानीयवासीले फुलमाला लगाएर बिदाई गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ