काँग्रेसको बैतडीमा भएको कार्यक्रममा ओली समुहको आक्रमण, नेता साउदको पेटमा लाग्यो ढुंगा

काँग्रेसको बैतडीमा भएको कार्यक्रममा ओली समुहको आक्रमण, नेता साउदको पेटमा लाग्यो ढुंगा

  • मङ्लबार, फाल्गुन ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

फागुण ४ वैतडी । बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा सत्तारुढ नेकपाको ओली समुहले आक्रमण गरेको छ । आक्रमणपछि उत्पन्न झडपमा आधा दर्जन बढी घाईते भएका छन् । अहिले पनि घटनास्थल तनावग्रस्त रहेको छ । प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।
जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर ओली समुहका कार्यकर्ताले ढुगा मुडा प्रहार गरी आक्रमण शुरु गरे पछि दुबै पक्षबीच हानाहान भएको थियो ।
उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदको पेटमा ढुंगा लागेको छ ।
उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला लगायतका अन्य नेताहरु पनि सहभागी थिए ।
नेपाली कांग्रेसले नेकपा ओली समूहका नेता सुरेन्द्र पालका छोराको नेतृत्वमा गएको समूहले सभा चलिरहेका बेला आक्रमण गरेको आरोप लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ