फागुण ४ चितवन । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधानको मर्ममाथि प्रहार गरेकाले यदी निर्वाचन भईहालेमा पनि त्यो अलोकतान्त्रिक र असंवैधानिक हुने बताएका छन् ।
चितवनमा आज पत्रकारहरुसगँ कुरा गर्दै प्रचण्डले संविधानलाई सही बाटोमा ल्याउनका लागि आन्दोलन जारी रहेको भन्दै सँयुक्त आन्दोलनका लागि आफूले काँग्रेस सभापति शेर बहादुर देउवासगँ छलफल गरेको बताएका छन् ।
यस्तै रामचन्द्र पौडेलसँग पनि छलफल भएको र जसपाका नेताहरुसगँ पनि आफूले कुरा गरीरहेको प्रचण्डको भनाई छ ।
केही समय भित्रै सँयुक्त आन्दोलन हुन सक्ने प्रचण्डको दाबी छ । यस अघि प्रचण्डले फागुण पहिलो साताबाट सँयुक्त आन्दोलन हुने दाबी गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline