शिक्षक राजेन्द्र श्रेष्ठको हत्या प्रकरणः विप्लव, प्रकाण्ड सहित ४२ जना बिरुद्ध मुद्धा दर्ता, यी हुन् प्रतिवादी बनाईएका नेता कार्यकर्ता

शिक्षक राजेन्द्र श्रेष्ठको हत्या प्रकरणः विप्लव, प्रकाण्ड सहित ४२ जना बिरुद्ध मुद्धा दर्ता, यी हुन् प्रतिवादी बनाईएका नेता कार्यकर्ता

  • सोमवार, फाल्गुन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.2K
    SHARES

फागुण ३ विराटनगर । मोरगं मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ हत्या प्रकरणमा सरकारी वकिलको कार्यलयले नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव, खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड, सन्तोष बुढा मगर, उमा भुजेल शिलु सहित ४२ जना बिरुद्ध अपहरण तथा कर्तव्य ज्यान उद्योगमा मुद्धा आज दर्ता गरेको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यलयले मुद्धा दायर गरेको हो ।

मिक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक श्रेष्ठको २३ मंसिरमा अपहरणपछि घाटी रेटेर हत्या गरिएको प्रहरीको दाबी छ । सुराकी गरेको आरोपमा श्रेष्ठलाई विप्लव नेकपाका ६ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट अपहरण गरी जंगलमा लगेर हत्या गरेकोे प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि, नेकपाको तात्कालीन मेचीकोशी ब्युरो ईन्चार्ज प्रतापले विज्ञप्ति जारी प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको दाबी गरेका थिए ।
मुद्धाजिल्ला अदालत मोरगंमा आज दर्ता भएको मुद्धामा मंगलबारबाट थुनछेक बहस हुने अदालत स्रोतले जनाएको छ ।
यस अघि सुनसरीको ईटहरीबाट पक्राउ परेका मोरगं जिल्ला ईन्चार्ज डि.बि. सिलवालको थुनछेक बहस हुने भएको छ । उनी बाहेक अन्य कसैलाई प्रहरीले पक्राउ गरेको छैन ।
मुद्धाको अभियोग पत्रमा प्रीतवादी वनाईएका नेता कार्यकर्ताहरुको नाम यप प्रकार छ ः
कपिलवस्तु शिवराज नगरपालिका- ९ का ५३ वर्षीय नेत्रविक्रम चन्द विप्लव, कालिकोट नरहरीनाथ गाउँपालिका( ६ का ५२ वर्षीय खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड, रोल्पा थवाङ गाउँपालिका( १ का ५२ वर्षीय विशम भन्ने सन्तोष बुढामगर जाजरकोटका ४२ वर्षीय दिपक चलाउने, संखुवासभाका मादी नगरपालिका( ४ का ३५ वर्षीय धनबहादुर विकलाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै मोरङ केराबारी गाउँपालिका-६ का ४५ वर्षीय प्रताप भन्ने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका १ का ४१ वर्षीय शैलेस भनिने चन्द्रबहादुर बुढाथोकी, झापा गौरीगञ्ज- १ का २६ वर्षीय सञ्जय राई, भोजपुर षडानन्द नगरपालिका- २ का ४६ वर्षीय विवश भन्ने पुष्पलाल चौलागाई, धनकुटा शहिदभूमी गाउँपालिका- १ का ३३ वर्षीय दर्शन भन्ने नविन राई, धनकुटा पाख्रिबास नगरपालिका-२ का २६ वर्षीय दर्शन थापा भन्ने विशाल मगर, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ का ५४ वर्षीय आकाश भन्ने माधव गौतम, संखुवासभा चैनपुर- ४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भन्ने युवराज राई, भोजपुर ट्याम्केमयुम- ७ का ४१ वर्षीय भीम भन्ने कुमार राईलाई पनि प्रतिवादी बनाइएको छ ।

खोटाङ दिप्रुङचुइचुम्मा गाउँपालिका-७ का ४३ वर्षीय संजिव मगर, सोलुखुम्बु महाकुलुङ- १ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा, ओखलढुङ्गा लिखु – ७ का ३१ वर्षीय अमृत सागर भन्ने योगेन्द्र बस्नेत, गोर्खाको अजिरकोट गाउँपालिका ३ का ४१ वर्षीया शिलु भन्ने उमा भुजेल, झापा दमक-२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु सोताङ- १ का ३५ वर्षीय बालकुमार राई भन्ने राकेश राई, भोजपुर रामप्रसादराई गाउँपालिका- ४ दलेगाउँका २५ वर्षीय चाम्स भन्ने मिलन राई, संखुवासभा चैनपुर – ४ मैदानेका २२ वर्षीय नाती भन्ने बासन राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका- ४ का २२ वर्षीय अखिल भन्ने मनोज भुजेल, ताप्लेजुङ्ग मिक्वाखोला-१ का २३ वर्षीय लुङ्गा भन्ने सुदम लुङखिम्बा  विरुद्ध मुद्दा दायर गरिएको छ ।

त्यस्तै भोजपुर पौवादुङ्मा गाउँपालिका- ३ का २६ वर्षीय उमेश खत्री, ताप्लेजुङ मिक्वाखोला- ५ का २९ वर्षीय संग्राम भन्ने पुर्णबहादुर लिम्बू , धनकुटाका २४ वर्षीय आशिष भन्ने बिक्रम राई, मोरङ मिक्लाजुङ-१ का २२ वषर्ीय बिर्जुम भन्ने श्रीमान राई, ताप्लेजुङ मिक्वाखोला- १ का २५ वर्षीय विशाल लिम्वु, ताप्लेजुङ फाक्तालुङ गाउँपालिका- २ का २५ वर्षीय संगम आङदाम्बे, भोजपुर पौवादुङमा-४ का २४ वर्षीयअनुस्का राई, ताप्लेजुङका २५ को हेतु साउदेन, ईलाम देउमाई नगरपालिका-७ का ३६ वर्षीय मौषम भन्ने जितमान राई, ४५ वर्षीय अविनाश भन्ने डम्बर मगर र मिक्लाजुङ ८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरालाई पनि प्रतिवादी बनाइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ