काँग्रेस सभापति देउवा निर्वाचनको पक्षमा, बैशाखमा हैन जेठमा चुनाव गराउनु पर्ने उनको भनाई

काँग्रेस सभापति देउवा निर्वाचनको पक्षमा, बैशाखमा हैन जेठमा चुनाव गराउनु पर्ने उनको भनाई

  • सोमवार, फाल्गुन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

फागुण ३ भैरहवा । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले फेरी पनि चुनावको पक्षमा आफ्नो अभिव्यक्ति दिएका छन् ।

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्ने निष्कर्ष निकाले पनि देउवा आन्दोलन भन्दा चुनावको पक्षमा रहेको आरोप लाग्दै गर्दा उनले सरकारलाई अझ सुविधाजनक रुपमा बैशाखमा हैन जेठमा चुनाव सक्न सुझाव दिएका छन् ।

आज संसद विघटन बिरुद्ध भएको देशव्यापी विरोधको कार्यक्रम अन्तर्गत भैरहवा पुगेका सभापति देउवाले संसद विघटन भएको ६ महिना भित्र चुनाव भईसक्नु पर्ने भए पनि निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक नगरेकोमा असन्तुष्टी पोखे ।

देउवाले निर्वाचन आयोगले अदालतको निर्णय पर्खन नहुने भन्दै अदालतले निर्वाचन नगराउने भने मात्रै चुनावी कार्यक्रम रोक्नु पर्ने अन्यथा सबै दललाई बोलाएर निर्वाचनको कार्यक्रम आयोगले दिनु पर्ने बताए ।

May be an image of 4 people, people standing, people walking, crowd and outdoors

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ