फागुण ३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अहिलेको राजनीतिक प्रणाली जोगाउन धेरै पटक सोच विचार गरेर संसद विघटन गरी निर्वाचनको घोषणा गरेको बताएका छन् ।
उनले पार्टी भित्रकै नेताहरुले असहयोग गरेकाले समेत अहिलेको स्थिति आएको बताए । भूकम्पबाट क्षति भएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको उद्घाटन कार्यक्रमपछि बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
नेकपा नेताहरुले सरकारका विभिन्न निकायमा महत्वपूर्ण पदाधिकारी रिक्त हुँदा पनि नियुक्ती गर्न नदिने, सकेसम्म अल्मल्याउने र महत्वपूर्ण कार्यकारी पदहरुमा अनुपयुक्त पात्र अघि सार्ने गरेको समेत उनले बताए।
‘सरकारलाई आफ्नै सहकर्मीबाट खुट्टा अल्झाउने काम भयो। सरकारका विभिन्न निकायमा महत्वपूर्ण पदाधिकारी रिक्ता हुँद पनि नियुक्ति गर्न नदिने, सकेसम्म अल्मल्याउने र महत्वपूर्ण कार्यकारी पदमहरुमा अनुपयुक्त पात्र अघि सार्ने जस्ता अवरोधहरु सिर्जना भए । राष्ट्रप्रति जिम्मेवार हुँदै जनताकोबीच जान बाहेक अर्को विकल्प भएन’, प्रधानमन्त्री ओलीले भने ।
प्रनितिधिसभालाई राजनीतिक अस्थितरताको खेल मैदान हुन नदिन र स्वस्थ बाटो निर्माण गर्न विघटन गरेको उनले दाबी गरे ।
अस्वस्थ राजनीतिक गतिबिधि बढ्ने र राष्ट्रिय राजनीतिक प्रदूषित हुने भएको हुँदा त्यसबाट मुलुकलाई बचाउन ताजा जनादेशमा जाने विकल्प रोजेको उनको भनाइ छ ।