बालुवाटार जग्गा प्रकरणः पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईबारे थप प्रमाण बुझ्न सर्वोच्चको आदेश

बालुवाटार जग्गा प्रकरणः पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईबारे थप प्रमाण बुझ्न सर्वोच्चको आदेश

  • आइतवार, फाल्गुन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

फागुण २ काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईबारे थप प्रमाण बुझ्न सर्वोच्चले आदेश दिएको छ ।
उनीहरु बिरुद्ध परेको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले उक्त आदेश गरेको हो । ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्चको आदेश बमोजिम अब अख्तियारले थप प्रमाण पुग्ने कागजातहरु पठाउनु पर्नेछ ।
यस सम्बन्धि मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन छ । वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ । नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए ।

अख्तियारले पेश गर्ने प्रमाणका आधारमा भट्टराई र नेपाल बिरुद्ध मुद्धा चलाउने नचलाउने सर्वोच्चले थप फैसला गर्नेछ ।

अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो ।
यस मुद्धामा कोही जेलमा रहेका छन् भने भने कतिपय धरौटीमा रिहा भईसकेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ