काठमाडौँ फागुण २ । संसद विघटन विरुद्ध निरन्तर आन्दोलन गरीरहेको नेकपा प्रचण्ड माधव समुहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
आज पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको हो ।
समूहले फागुन ६ गते प्रतिगमन, महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।
फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गर्ने जनआन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसैगरी समूहले फागुन ८ गते प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया र ९ गते महिला हिंसा, बलात्कारविरुद्ध देशव्यापी महिलाहरुको विरोध कार्यक्रमको घोषणा गरेको छ ।
फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गर्ने पनि घोषित संघर्षका कार्यक्रममा उल्लेख छ ।
यसै गरी फागुण १४ गते काठमाण्डौंमा युवा र्याली निकालिने छ ।
हेर्नुस् संघर्षका पूरा कार्यक्रमहरुः

