आर्थिक अभावले रौतहटका मृगौला पीडित रामको बिचल्ली !

आर्थिक अभावले रौतहटका मृगौला पीडित रामको बिचल्ली !

  • आइतवार, फाल्गुन २, २०७७
  • संजय सहनी

  • 9.8K
    SHARES

२ फाल्गुन । रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ३ मा एक जना दलित युवक आर्थिक अभावको कारण उपचार गराउनबाट बंचित भएका छन । विगत ४ महीना देखि मृगौला खराव भएका स्थानीय सरयुग राम चमारको ३० वर्षीय छोरा विनोद महतो रकमको अभावमा उपचार गराउन नसकि घर मै बसेका हुन ।
गएको कार्तिक महीनामा शारीरिक समस्या भएपछि परिक्षण गराउन अस्पतालमा गएका महारालाइ मृगौला तथा लिभरमा समस्या आएको जानकारी भएपछि थप उपचारको लागि काठमाण्डौ लागिएकोमा चिकित्सकले एउटा मृगौला खराव हुनुको साथै लिभरमा समस्या भएको जानकारी गराएको महाराको आमा पचीय देविले बताएको छ ।
छोराको किडनी र लिभर खराव भएको सुने पछि खुट्टा मुनिको जग्गा गाएव भएको महसूस भयो उनले भने खाने समस्या भएको अवस्थामा छोराको उपचार गराउने कसरी भनी चिन्ता लागेको छ । ५जना छोरा मध्येको विनोद दोस्रो रहेको उनले बताइन ।
चिकित्सकले ५ लाख रकम खर्च लाग्ने भनेको बताउँदै उनले भने चन्दा संकलन गरेर उपचार गराएको छू अव रकम व्यवस्था गर्न गार्हो भयो ।
१ छोरा र १ छोरी भएको विनोदको श्रीमतीको गर्भमा तेस्रो सन्तान रहेको छ । घर जग्गा समेत नभएको महाराको उपचार गराउन परिवारले सहयोगको अपील समेत गरेका छन ।
४ धुर एलानी जग्गामा भएको फुसको घरमा गुजरा गर्दै आएको विनोदको जीवन जोगाउन कठिन भएको छ । विना सहयोगको उपचार संभव नरहेकोले जीवन जटिलता मोड़मा अडिएको हो ।
छोराको जिन्दगी जोगाई दिन सवै संग अपील गरेका छन । सानो सानो बच्चाको भविष्य जोडिएकोले सहयोग गरी दिन उनको श्रीमतीले आग्रह गरेकी छीन । नगरपालिकाबाट सामान्य सहयोग भएको बताउँदै गाउमा अन्य व्यक्ति सित सहयोग मागेको विनोदको आमा पचिया देवीको भनाइ रहेको छ ।
गंभीर अवस्थामा रहेको कुरा जानकारी भएकोले नगरपालिकाबाट सक्दो सहयोग गर्ने नगर प्रमुख शेख वकीलले प्रतिवद्धता जनाउनु भएको छ ।
रकमको अभावमा उपचारबाट बंचित भएको भिडियो सामाजिक संजालमा सार्वजानिक भएपछि स्थलगत रिपोर्टिंग गर्न पुगेका संचारकर्मी सहित महाराको घरमा पुगेका मेयर वकीलले उपचारको लागि नगरपालिकाबाट सहयोग गर्ने बाचा गरेका हुन ।
नगरबासीको समस्या प्रति नगरपालिका गंभीर रहेको भन्दै मेयर वकीलले यस अघि जानकारी नगराइएको बताउँदै अव यस प्रति आफु गंभीर भएको जनाए ।
दलित परिवारको रहेको महाराको उपचारको लागि सहयोग गर्न दलित अधिकारको निमित संघर्ष गरिरहेका दलित अगुवा , संघ सस्थाले अघि आउनु पर्ने जरुरी रहेको छ ।
खान लाउन समस्या भएकोले सवै जिम्मेवार व्यक्ति , स्थानीय सरकार , संघ सस्थाले महाराको उपचार गराउन आर्थिक सहयोग गर्नु पर्ने आवश्यक रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी