फागुण १ सिन्धुली । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष मरिण गाँउपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न सिन्धुली पुगेका छन् । उनले सो भवनको उद्घाटन पछि संवोधन गर्दै संविधानलाई मास्ने कुचेष्टा नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए ।
मनाङ एयरको हेलिकप्टर मार्फत पुगेका प्रचण्डले ७० वर्ष लामो त्याग, संघर्ष र बलिदानबाट आएको संविधानलाई मास्ने चेष्टा गर्ने भ्रमबाट मुक्त हुन चेतावनी दिए ।
उनले छिट्टै संविधान र लोकतन्त्र ट्रयाकमा आउने पनि दाबी गरे ।
प्रतिगामी कदमका बिरुद्ध सबै नेपाली एक जुट हुनु पर्ने बेला आएको प्रचण्डको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline