जनसमर्थन हेर्न वुटवल आउन प्रचण्ड माधवलाई ओलीको सुझाव

जनसमर्थन हेर्न वुटवल आउन प्रचण्ड माधवलाई ओलीको सुझाव

भागरथी र निर्मलाका बलात्कारी र हत्यारालाई पानी मुनि गए पनि नछाड्ने

  • शनिबार, फाल्गुन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

फागुण १ वुटवल । प्रधानमन्त्री एवं नेकपा ओली समुहका अध्यक्ष केपी शर्मा ओलीले वास्तविक जनमर्थन कस्तो हुन्छ भनेर हेर्न बुटवलमा आउन प्रचण्ड माधव कुमार नेपाललाई चुनौती दिएका छन् ।
आज सो समुहले वुटवलमा आयोजना गरेको जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले त्याहा दशौं हजार मान्छेले आफ्नो भाषण सुनिरहेको भन्दै सलाम गर्दछु भने ।
देशभरबाट प्रचण्ड माधवले मान्छे जम्मा पारेर आफूलाई जनसमर्थन हेर्न आउनु भनेको भन्दै त्यसको जवाफमा बुटवलमा आउन ओलीले चुनौती दिए ।
उनले आफ्नो सरकारले तीन वर्षमा असाधारण विकासको काम गरेको भन्दै यसबाट अत्तालिएकाहरुले पार्टी फुटाएर, सांसद किनबेच गरेर आफूलाई हटाउने षड्यन्त्र गरेको दाबी गरे ।
आफूले सरकारको नेतृत्व गरे पछि विश्वमा नेपाल चिनिन थालेको पनि ओलीले दाबी गरे ।
ओलीले अहिले सडकमा आन्दोलन गरीरहेकाहरुलाई ब्यग्य गर्दै सडकमा डम्फु बजाईरहेको भनी टिप्प्णी गरे ।
ओलीले अदालतले देशलाई अस्थीरतामा लाने गरी संसद पुनस्थापनाको पक्षमा फैसला नगर्नेमा आफू विस्वस्त रहेको बताए ।
यसै गरी उनले भागरथी र निर्मला पन्तका बलात्कारी र हत्याराहरुलाई कार्बाही गरेरै छाड्ने उनले दाबी गरे । दुई चार दिन भागे पनि उनीहरुलाई पक्राउ गरेर पूराका पुरा सजाय दिलाएर छाड्ने ओलीले दाबी गरे । भागरथी र निर्मलाका बलात्कारी र हत्यारालाई पानी मुनि गए पनि नछाड्ने प्रतिवद्धता ओलीले व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ