जसपाका नेता इस्लाम हवारी ओली समूहमा प्रवेश

जसपाका नेता इस्लाम हवारी ओली समूहमा प्रवेश

  • शुक्रबार, माघ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

३० माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेकपाको ओली समूहमा प्रवेश गरेका छन्।
प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान हवारीलाई पार्टीमा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

स्वातका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीको काममा लाग्न शुभकामना समेत दिए । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको अध्यक्ष प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको पुष्पकमल दाहाल ९प्रचण्ड० र माधवकुमार नेपालले गरेका छन्।

संसद विघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहस जारी छ। प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै सत्ता पक्ष र अन्य राजनीतिक दल आन्दोलित छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ