माघ २९, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको बताएका छन् ।
बिहीबार आयोजित आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्राउ गरिएको बताएका हुन् ।
रामकुमारी झाँक्रीलाई प्रहरीले बुधवारदेखि पक्राउ गर्न बल गरेको जनाउदैँ प्रचण्डले भने, ‘तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो, हामीले रोक्न बल गर्यौं हिजो बेलुकासम्म पनि । अहिले भर्खर जबरजस्ती पक्राउ गरेर लगेका छन् । कम्युनिस्ट पार्टीप्रति हमला भएको छ ।’
लोकतन्त्रको पक्षमा आफ्ना विचारहरु राख्नेमाथि ताला लगाउने काम भएको उनले बताए । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।