सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन, सरकार झ्यालखानाको संख्या थपः गगन थापा

सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन, सरकार झ्यालखानाको संख्या थपः गगन थापा

  • बिहिबार, माघ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

माघ २९, काठमाडौँ । कांग्रेस नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउको विरोध गरेका छन् ।

सामाजिक सञ्‍जाल ट्वीटरमामार्फत पूर्वमन्त्रीसमेत रहेका नेता थापाले सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने बताएका छन् ।
उनले लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति । सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन ।’

झाँक्रीलाई राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनको शंखमूलस्थित निवासबाटै पक्राउ गरेको छ । प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरेको बताएको छ । झाँक्रीलाई पक्राउ गरेपछि नागरिक स्वतन्त्रता भएको भन्दै विभिन्न दलका नेता कार्यकर्ताले विरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ