रामकुमारी झाँक्रीले दिईन् गिरफ्तारी, राज्यविरुद्धको कसुरको आरोपमा निवासबाटै पक्राउ

रामकुमारी झाँक्रीले दिईन् गिरफ्तारी, राज्यविरुद्धको कसुरको आरोपमा निवासबाटै पक्राउ

  • बिहिबार, माघ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, माघ २९ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो ।

त्यसअघि उनले छोटो सम्बोधन गरेकी थिईन्। शंखमुलस्थित झाँक्री निवासअगाडि उनका समर्थकले नाराबाजी गरेका थिए । यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् ।

झाँक्रीले एक साता अगाडि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी सम्बन्धी अभिव्यक्ति दिएकी थिइन्। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको मिर्मिरे अनलाईनलाई बताएका थिए।
लगत्तै झाक्रिको नाममा पक्राउ पूर्जी जारी भएको थियो । सुरूमा प्रहरी कार्यालय बोलाएको भने पनि अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका थिए ।

पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

निवासमै पत्रकार सम्मेलन गर्दै झाँक्रीले भनिन्, ‘राज्यले नागरिकलाई बिनाकारण पनि २४ घण्टा थुन्न सक्छ । यो राजनीतिक कारण भएकाले पक्राउ पुर्जी लिएर आउनुहुन्छ भने मैले गिरफ्तारी दिनुपर्छ ।’ नेत्री झाँक्रीले आफूलाई एसएसपी दीपक थापाले फोन गरेर महाशाखामा उपस्थित हुन भनेपछि उनलाई राजनीतिक मुद्दा भएको भनी जवाफ दिएको सुनाइन् ।

झाँक्रीले सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भएको बताइन् । उनले भनिन्, ‘अहिले मलाई गर्न खोजिएको ह्यारेसमेन्ट होला । किनभने तानाशाहहरू ढल्‍ने बेलामा अनेक जुक्ति लगाउँछन् ।’

उक्त कसुरमा यस्तो छ कानुनी व्यवस्था

No description available.

यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।

उनले भनेकी थिइन्, “राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।”

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो।

‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्।

झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो।

झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन्।

बुधबार राजधानीमा आयोजित प्रचण्ड नेपाल समूहको आमसभामा पनि मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले आफूविरूद्ध लगाइएको आरोपको विरोध गर्दै भनेकी थिईन्, बोल्न पाइन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ