पिशाव फेर्न निस्किएकी बालिकालाई सामुहिक बलात्कार गरी भारततिर भागे बलात्कारी

पिशाव फेर्न निस्किएकी बालिकालाई सामुहिक बलात्कार गरी भारततिर भागे बलात्कारी

  • बिहिबार, माघ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

माघ २९ बिराटनगर । घरबाट पिशाब फेर्न निस्किएकी एक बालिकालाई अपहरण गरी बलात्कार गरेर बेहोस् अवस्थामा छाडेर बलात्कारी भारततर्फ भागेको पुष्टी भएको छ । यो घटना मोरङको जहदा गाँउपालिकाको हो । सोमबार राति विराटनगरमा मोटरसाइकलमा आएका दुई युवाले अपहरण गरी १४ वर्षीय बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

जहदा गाउँपालिका १ घर भएकी बालिकालाई राति करिब साढे ९ बजेतिर मोटरसाइकलमा जबर्जस्ती लगेको देखेपछि छिमेकीले आफन्तलाई खबर गरेका थिए । राति ११ बजेसम्म छोरी घर नफर्केपछि हल्लाखल्ला गर्दै छिमेकी र आफन्त खोजीमा निस्किए । त्यसको दुईघण्टापछि बालिका अतालिँदै घर आइपुगिन् ।

स्थानीयका अनुसार मोटरसाइकलमै ल्याएर बालिकालाई घरनजिक छाडिदिएपछि बलात्कारी भागेका थिए ।

त्यसपछि खोजी थालेको प्रहरीले बलात्कारमा संलग्नको पहिचान भएको जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी लोकदर्शन थापाले घटनामा संलग्न जहदा १ का २२ वर्षीय दीपेश कुमार यादव र २१ वर्षीय अजय बैठाको खोजी गरिरहेको बताउनुभयो । दुवै जना गाउँबाट फरार भई भारततिर भागेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ