रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाईयो अपराध महाशाखामा, के पक्राउ गर्ला प्रहरीले ?

रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाईयो अपराध महाशाखामा, के पक्राउ गर्ला प्रहरीले ?

  • बिहिबार, माघ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२९ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

झाँक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई दबाब दिईरहेको सार्वजनिक भएको थियो ।
महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्ण प्रसाद कोईरालाले सोधपुछका लागि झाँक्रीलाई बोलाईएको बताए । तर झाँक्री प्रहरीमा आउन अस्वीकार गरेको बुझिएको छ ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

सो कार्यक्रममा झाँक्रीले राष्ट्रपति भन्दा पनि बडामहारानी भन्दै आक्रोस व्यक्त गरेकी थिईन् । उनले राष्ट्रपति भण्डारी ओलीको प्यादा भएको समेत बताउदै आएकी थिईन् ।
झाँक्री बयानका लागि नआए पक्राउ गर्न सक्ने आकंलन बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ