विप्लव, वैद्य, आहुति र कट्टेल नेतृत्वको चार दलको सँयुक्त रणनीतिक मोर्चाको घोषणा आज

विप्लव, वैद्य, आहुति र कट्टेल नेतृत्वको चार दलको सँयुक्त रणनीतिक मोर्चाको घोषणा आज

  • बिहिबार, माघ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

माघ २९ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपाल र रिषी कट्टेल नेतृत्वको नेकपाबीच आज सँयुक्त रणनीतिक मोर्चाको घोषणा हुँदैछ ।
दिँउसो १२ बजे पछि प्रज्ञा भवनमा एक कार्यक्रमका बीच यो मोर्चाको घोषणाको तयारी गरिएको जनाईएको छ ।
यस अघि नै वक्तव्य मार्फत ती दलहरुले ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको’ जनाउ दिएका थिए ।
यस मोर्चाले राजनीतिक दलमाथिको प्रतिवन्ध फिर्ता गर्न समेत माग गर्दै आएको छ ।
मोर्चाको एक घट्टक नेकपामाथि सरकारले ०७५ साल फागुण २८ देखि प्रतिवन्ध लगाउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ