प्रधानमन्त्री ओलीले गल्ती नसच्याए १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको चेतावनी

प्रधानमन्त्री ओलीले गल्ती नसच्याए १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको चेतावनी

  • बुधबार, माघ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

माघ २८ काठमाण्डौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले केपी ओलीले आफनो प्रतिगामी कदम नसच्याए दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।
सो समुहले आज राजधानीमा गरेको बिरोध प्रदर्शनलाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले बिरोध र आन्दोलन कस्तो हुन्छ ? हेर्न आउनुस् भन्दै प्रश्न गरे ।
ओलीले बनाएको दुई जना मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डले बताए । केपी ओलीले बनाएका दुई मन्त्री समेत आफूतिर आउन लागेको दाबी गर्दै प्रचण्डले ओलीलार्र्ई छाड्ने मान्छेको लाम लागेको बताए ।

‘तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ’ प्रचण्डले भने । प्रचण्डले आफना लागि भने नेपाली जनता नै भगवान रहेकाले जनताको शरणमा गएको दावी गरे ।

बुधबारको उपस्थिति सर्वोच्चका न्यायाधीशहरूले पनि देखेको बताउँदै अध्यक्ष प्रचण्डले अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे ।
आजको यो सभाको उपस्थितिले पनि सर्वोच्चलाई निर्णय गर्न सहज भएको छ । यदि जनताको पक्षमा निर्णय भएन भने देशमा आँधि आउँछ, हुरी आउँछ । शान्तिपूर्ण क्रान्ति हुन्छ ।’प्रचण्डले चेतावनी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ