सिंगै ओली समुह अहिले निराश भएकाले धम्कीका भरमा चल्न खोजीरहेको छः माधव कुमार नेपाल

सिंगै ओली समुह अहिले निराश भएकाले धम्कीका भरमा चल्न खोजीरहेको छः माधव कुमार नेपाल

  • बुधबार, माघ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

माघ २८ काठमाण्डौं । सिंगै देशभरबाट मान्छे ल्याउदा पनि भने जस्तो जनसभा गर्न नसके पछि प्रधानमन्त्री ओली समुह अहिले निराश बनेको नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले दाबी गरेका छन् ।
प्रचण्ड माधव समुहले आज आयोजना गरेको बिरोध सभालाई संवोधन गर्दै नेपालले ओली समुहले लोकतन्त्र हैन, निरकुशतन्त्र, बहुमत हैन धम्कीको भरमा चल्न खोजेको दाबी गरे ।
उनले केपी ओलीले लोकतन्त्रको हत्या गरेर पाप गरेर पशुपतिमा बत्ती बालेर त्यो नपखालीने भन्दै ओली कसैले नभनिदएको राजा जस्तो भएर हिँडिरहेको बताएका छन् ।
नेता नेपालले सिंगो केन्द्रीय समितिमा ३ सय अफूहरुको पक्षमा रहेको र एक सय जति ओलीको पक्षमा रहेको भन्दै कुन हुन्छ बहुमत ? को हुन्छ आधिकारीक ? भन्दै प्रश्न गरे ।
अहिले ओलीले निर्वाचन आयोगलाई धम्की दिईरहेको नेपालको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ