माघ २८ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गरेको प्रतिगमन अहिले नसच्चिए अब ६२ ६३ सालको जनआन्दोलन भन्दा शक्तिशाली आन्दोलनको आँधी आउने चेतावनी दिएका छन् ।
अहिले प्रतिगमन सिंगो देश आन्दोलित भएको भन्दै अहिले नसच्चिए ओलीको तानाशाही लाई त्यो आन्दोलनले बढार्ने चेतावनी दिए ।
उनले दरबार अगाडी ओलीले केही हजार मान्छे भेला पारेर जनसभा यस्तो हुन्छ भनेर भनेको भन्दै वास्तविक जनसभा कस्तो हुन्छ भनेर हेर्न आफूहरुको सभा हेर्न आउन चेतावनी दिए ।
आज सो समुहले आयोजना गरेको बिरोध सभालाई संवोधन गर्दै खनालले अब दुई बर्ष पछि निर्वाचन हुने र त्यस पछिको निर्वाचनमा केपी ओलीको जमानत जफत हुने दाबी गरे ।
यो जनमत हेरेर प्रकृया पुर्याएर नियम कानुन सच्याएर सुधार गरेर के गर्ने हो छिटो पार्टीलाई आधिकारीकता दिन पनि खनालले निर्वाचन आयोगलाई आग्रह गरे ।