कमरेड लाल सलाम भन्दा रिसाउनेले कम्युनिष्ट पार्टीको अध्यक्षको दाबी गर्ने ? ओलीलाई नारायणकाजीको प्रश्न

कमरेड लाल सलाम भन्दा रिसाउनेले कम्युनिष्ट पार्टीको अध्यक्षको दाबी गर्ने ? ओलीलाई नारायणकाजीको प्रश्न

  • बुधबार, माघ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

माघ २८ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका प्रवक्ता एवं जनआन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले संविधानको अक्षरहरुमा कालोपोतेर फाँसीवादको अभ्यास गर्न खोजेको दाबी गरेका छन् ।
सो समुहले आज आयोजना गरेको विरोध सभालाई संवोधन गर्दै श्रेष्ठले आफूहरुले ओलीको फासीवादलाई परास्त गरेर छाड्ने चेतावनी दिए ।
उनले ओलीलाई सत्तामा पुर्याएर आफूहरुले गल्ती गरेको भन्दै आगामी दिनमा हिजोको गल्ती नदोहोर्याउने बताए ।
अहिले सरकारको सानो गुट बाहेक सबै क्षेत्र र राजनीतिक शक्तिहरु आन्दोलित रहेको भन्दै ओलीलाई परास्त गरेर छाड्ने श्रेष्ठले बताए ।
उनले ओली, कमरेड भन्यो कि रिसाउने, लाल सलाम भन्यो कि रिसाउने गरेको दाबी गर्दै कम्युनिष्ट पार्टीको अध्यक्ष दाबी गरिरहनु हास्यास्पद भएको तर्क गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ