माघ २८ काठमाण्डौं । संसद विघटन बिरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड माधव समुहले आज राजधानीमा बिशाल शक्ति प्रदर्शन गरीरहेको छ । आज राजधानीमा भेला भएका लाखौँ कार्यकर्ता सम्मिलत र्यालीहरु निस्किएर अहिले भृकुटीमण्डपमा बिरोध सभा शुरु भएको छ ।
सो समुहले यस अघि पुष १४ र माघ ९ गते पनि राजधानीमा शक्ति प्रदर्शन गरेको थियो ।
ती सबै प्रदर्शनहरु भन्दा आज उल्लेख्य मानिसहरु सहभागी भएको देख्न सकिन्छ ।
यसैबीच, आजको सभालाई नेताहरुले फरक शैलीमा आयोजना गरेका छन् । सडकमै बनाईएको मञ्चमा नेताहरुका लागि सोफासेट राखिएको छैन भने बोल्ने अवसर पनि अन्य जुनियर नेताहरुलाई पनि बोल्ने अवसर दिईएको छ ।
अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवोधन गर्नेछन् । अहिले सभा जारी छ ।
