आज प्रचण्ड माधव समुहको आमसभा समावेशी हुने, मञ्चबाट सोफा हटाउनुका साथै जुनियर नेतालाई समेत संवोधनको सूचीमा राखियो

आज प्रचण्ड माधव समुहको आमसभा समावेशी हुने, मञ्चबाट सोफा हटाउनुका साथै जुनियर नेतालाई समेत संवोधनको सूचीमा राखियो

  • बुधबार, माघ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

माघ २८ काठमाण्डौं । संसद विघटन बिरुद्ध आन्दोलित नेकपा प्रचण्ड माधव समुहले आजको बृहत शक्ति प्रदर्शनलाई समावेशी चरित्रको देखाउने प्रयास गरेको छ । यस अघि सडकमै मञ्च हुदा नेताहरुका लागि राखिने गरिएको सोफा यो पटक हटाईएको छ । मञ्चमा सबै नेतालाई एकै खालको कुर्सीको व्यवस्था गरिएको छ ।
त्यति मात्र हैन यस अघि तीन शीर्ष नेताले मात्रै संवोधन गर्दे आएकामा आज भने जुनियर नेताहरुले पनि संवोधनको अवसर पाउने भएका छन् ।
जस अनुसार आज कार्यक्रमको अध्यक्षता हित बहादुर तामागंले गर्नेछन् भने अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघु पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवोधन गर्नेछन् । यसै गरी यस अघिको कार्यक्रम सञ्चालन गरेकी पम्फा भुषालको स्थानमा सञ्चालकको रुपमा आज लिलामणि पोखरेललाई राखिएको छ । सो समुहले विभिन्न स्थानबाट निकालेको र्याली अहिले आउने क्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ