प्रचण्ड माधव समुहको शक्ति प्रदर्शन आज, लाखौँ कार्यकर्ता उतार्ने तयारी

प्रचण्ड माधव समुहको शक्ति प्रदर्शन आज, लाखौँ कार्यकर्ता उतार्ने तयारी

  • बुधबार, माघ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

माघ २८ काठमाडौं । नेकपा प्रचण्ड माधव समुहले संसद विघटनको बिरुद्धमा आज राजधानीमा शक्ति प्रदर्शन गदैछ । आज मध्यान्ह १२ बजे विभिन्न स्थानबाट र्याली निकाले पछि बिरोध सभा शुरु हुनेछ ।
यस अघि भएका भन्दा आज ठूलो शक्ति प्रदर्शन हुने सो समुहका नेताहरुको दाबी छ ।

गत माघ २३ गते नेकपा ओली समुहले गरेको शक्ति प्रदर्शनको जवाफ दिने भनेपनि दाहाल–नेपाल समूहले त्यसअघि नैं आजको कार्यक्रम घोषणा गरेको थियो ।

आज पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने र त्यसमा विभिन्न नेता र सम्बन्धित प्रदेश र संघका सांसदहरुलाई अगुवाई गर्ने जिम्मेवारी दिईएको छ ।

यस शत्ति प्रदर्शन हाल सम्म गरिएका विरोध सभा र प्रदर्शन भन्दा शक्तिशाली बनाउने तयारी सो समुहले गरेको छ । यसका लाग बागमती प्रदेश बाहेक पनि प्रदेश १ बाट समेत कार्यकर्ताहरु राजधानी ल्याईएको छ भने गण्डकी प्रदेशबाट पनि कार्यकर्ताहरु ल्याईएको छ । यस्तै प्रदेश दुईबाट पनि थुप्रै गाडीहरुमा कार्यकर्ता ओसारीएको देखिएको छ ।

प्रचण्ड, नेपाल समूहले आज रत्नपार्क–भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्ने छन् ।
आजको सभालाई अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालले संवोधन गर्ने तयारी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ