प्रतिनिधि सभा विघटनको बहस चलिरहेका बेला पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रीपरिषद्को निर्णय

प्रतिनिधि सभा विघटनको बहस चलिरहेका बेला पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रीपरिषद्को निर्णय

  • मङ्लबार, माघ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं माघ २७ । पुष ५ मा विघटित प्रतिनिधि सभाको पुनस्थापना माग गर्दै परेको रिटमा सर्वोच्चमा बहस चलिरहेका बेला सरकारले घोषित निर्वाचन सम्बन्धि थप निर्णय गरेको छ । हिजो साँझ बसेको मन्त्रीपरिषद् बैठकले बैशाख १७ गते ४० जिल्लामा र बैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला तथा वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सर्वोच्चमा बिचाराधीन मुद्धामा फैसला हुँदा यदी संसद पुनस्थापना गरिएमा निर्वाचन नहुने निश्चित छ ।
कतिपय विज्ञहरुले विद्यमान अवस्थामा बैशाखमा निर्वाचन संभव नरहेको भनिरहेका बेला सरकारले थप निर्णय गरेको हो ।
प्रतिनिधि सभा विघटन बिरुद्ध नेकपा पचण्ड माधव समुह, काँग्रेस र जसपा आन्दोलित बनेका छन् भने नागरिक आन्दोलन पनि चलिरहेको छ ।
सरकार भने तोकिएको समयमा निर्वाचन हुने भन्दै तयारीमा लागि परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ