बर्दियाकी १२ बर्षीया किशोरी सुमित्रा विकलाई भारतमा ११ जनाले सामुहिक बलात्कार गरेर हत्या गरेको पुष्टी

बर्दियाकी १२ बर्षीया किशोरी सुमित्रा विकलाई भारतमा ११ जनाले सामुहिक बलात्कार गरेर हत्या गरेको पुष्टी

  • मङ्लबार, माघ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

काठमाण्डौं माघ २७ । वैतडीमा भागरथी भट्टको बलात्कार पछि घाँटी थिचेर हत्या भएको र बलात्कारी र हत्याराहरु पत्ता नलागिसकेका बेला बदियाकी एक बालिकालाई भारतमा ११ जनाले सामुहिक बलात्कार गरेर हत्या गरेको पुष्टी भएको छ ।
भारतको बिहार स्थित पश्चिम चम्पारण जिल्लाको पश्चिम चम्पारण जिल्लाको कुण्डवा चैनपुर गाउँमा ती बालिकाको बलात्कार गरी हत्या गरेर त्यसपछि अपराधीरुले उनको शब जलाएका पाईएको छ । प्रमाण लुकाउन शब जलाएकाले घटना ढिलो गरी सार्वजनिक भएको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएको जानकारी नेपाल प्रहरीले प्राप्त गरेको छ । घटना माघ ८ गते भएको सुमित्राको पारीवारीक स्रोतले जनाएको छ । उनी चैनपुर बजारमा परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँ उनका बाबु चौकीदारी गर्दै आएका थिए ।

घटनाका बेला किशोरीकी आमा सुकुम्बासी आयोगको लगतमा नाम दर्ताका लागि नेपालमा थिइन् । उनका बुवा पनि ड्युटीमा गएको र सालो पनि घरमा नभएको मौका छोपी उनीहरु डेरामा बस्दै आएका घरबेटी भारतका सियाराम शाह लगायतले बलात्कार गरी शब जलाएर प्रमाण नष्ट गर्नुका साथै बुवालाई समेत बन्धक बनाएर पहरीमा उजुरी नगर्न धम्की दिएको बुझिएको
। ’
घटनामा शुरुमा किशोरी हराएको उजुरी गर्न नमानेको परिवारले त्याहाँ बस्ने नेपालीहरुको दबाबमा उजुरी दर्ता गरेको र २ जनालाई पक्राउ गरीसकेको बताईएको छ । अन्य फरार रहेका छन् ।
पीडित परिवारले अपराधीहरुलाई फाँसीको सजाय दिन माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी