अर्को निर्मला पन्तको जस्तो नहोस् भागरथीको हत्याकाण्ड : दबाब बढ्दै

अर्को निर्मला पन्तको जस्तो नहोस् भागरथीको हत्याकाण्ड : दबाब बढ्दै

  • आइतवार, माघ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES
bhagrathi

माघ २५ काठमाण्डौं । वैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको बलात्कार र हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ । गाँउ र परिवार शोकमा छ भने नागरिक आन्दोलन देखि राजनीतिक दलहरुबाट कडा अनुसन्धान र कार्बाहीको दबाब परीरहेको छ ।
बुधबार स्कुलबाट नफर्किएकी भागरथीको बिहिबार दिँउसो विभत्स अवस्थामा शब फेला परेको थियो । त्यसपछि विद्यार्थीहरु आन्दोलित बने भने गाँउ नै शोकमा पर्यो । ०७७ माघ २० गते विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथी माघ २२ गते साँझ घर नजिकैको जंगलमा हत्या गरिउको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष निकालेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
दुई वर्ष अघि कन्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनाका दोषी अहिले सम्म पत्ता लाग्न सकेको छैन । विभिन्न व्यक्तिमाथि अनुसन्धान भए पनि ठोस प्रमाणका आधारमा कसैले सजाय पाउन सकेका छैनन् । निर्मलाको परिवार अझै छटपटिमा छ ।
यही चिन्ताले राजनीतिक दलदेखि नागरिक समाज सम्मले भगीरथीको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्बाहीको माग गरेका छन् ।
नेकपा प्रचण्ड माधव समुहका अध्यक्षद्धय प्रचण्ड र माधव कुमार नेपालले एक विज्ञप्ति जारी गरी नागरिकको सुरक्ष्ााँ गर्न राज्य संयन्त्र असफल भएको भन्दै निर्मला पन्तको जस्तै अवस्था भागरथीको नहोस् भन्ने चिन्ता व्यक्त गरेका छन् ।

काँग्रेस सभापति शेर बहादुर देउवाले ट्वीट गर्दे भगीरथीको हत्याका दोषीलाई तत्काल अनुसन्धान गरी कार्बाहीको दायरामा ल्याउन माग गरेका छन् ।
यस्तै बृहत नागरिक आन्दोलनका तर्फबाट युग पाठकले विज्ञप्ति जारी गरी घटनाबाट मर्माहित भएको भन्दै कुनै पनि बहानामा घटनालाई ढाकछोप गर्ने, षडयन्त्रपूर्वक न्यायिक प्रक्रियामा तगारो हाल्ने, पीडकलाई छुट्कार दिने र पीडितलाई थप पीडा दिने काम नगर्न आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी