माघ २४ धनकुटा । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली सत्र सालमा राजा महेन्द्रले पछि ठूलो प्रतिक्रान्ति गर्ने व्यक्ति भएको भन्दै अब सँयुक्त आन्दोलन गर्नु पर्ने बताएका छन् ।
आज धनकुटामा प्रतिनिधि सभा विघटन बिरुद्ध सो समुहले आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै भट्टराईले ओलीले कुनै पनि हालतमा निर्वाचन गराउन नसक्ने भन्दै आन्दोलनमा नेतृत्व गर्न काँग्रेसलाई आग्रह गरे ।
काँग्रेसको तल्लो पक्ति ओलीको कदम बिरुद्ध आन्दोलित भए पनि नेतृत्व मौन किन बसिरहेका छन् ? भट्टराईले प्रश्न गरे । काँग्रेस, नेकपा प्रचण्ड माधव पक्ष, जसपा लगायतका दलहरु सँयुक्त आन्दोलनमा जुटे सातै दिनमा ओलीले घुँडा टेक्ने उनले दाबी गरे ।
जबरजस्ती निर्वाचन गरिए संविधानको अन्त्य भएर देश अझ अर्को संकटमा पुग्ने भट्टराईको दाबी छ ।