ओलीको जंगलीराजको शुरुवात भयो, फागुण पहिलो साता भित्र सँयुक्त आन्दोलनबारे निष्कर्ष निकाल्छौः प्रचण्ड

ओलीको जंगलीराजको शुरुवात भयो, फागुण पहिलो साता भित्र सँयुक्त आन्दोलनबारे निष्कर्ष निकाल्छौः प्रचण्ड

म तिर हेर्नेको आँखै निकालदिन्छु भन्ने खालको प्रवृति ओलीमा छ : माधव कुमरा नेपाल

  • शनिबार, माघ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

माघ २४ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले संसद विघटन लगायतका घटनाक्रमले ओलीले जंगलीराजको शुरुवात गर्न खोजेको देखिएको भन्दै अब सँयुक्त आन्दोलन गर्नेबारे फागुण पहिलो साता सम्म निष्कर्ष निकाल्ने तयारी भएको बताएका छन् ।
मिडिया एलाइन्स नेपाल फोरमका प्रतिनिधिहरुसँग शनिबार काठमाडौंमा भएको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले र्तमान अवस्थाबारे छिट्टै पार्र्टीका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् ।
उनले संविधानको रक्षा र ठुलो बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको भन्दै सत्य र असत्य,लोकतन्त्र र पश्चगमनबीचको लडाई भइरहेको बताए ।
उनले संसदमा भएका दुईतिहाइ पार्टीले संसद विघटन असंवैधानिक भनेर संघर्षमा रहेको भन्दै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री बनेलगत्तै पार्टीको विधि, विधान र संविधान विपरितको बाटोमा लाग्दै प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेको बताए ।
यसै गरी कार्यक्रममा अर्का अध्यक्ष माधव कुमार नेपालले ओली प्रशंसामा रमाउने गरेको भन्दै आलोचना गर्नेलाई म तिर हेरिस् भने तेरो आँखा फुटाईदिन्छु भन्ने खालको प्रवृति रहेको बताए ।
अध्यक्ष नेपालले प्रजातन्त्र र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि आफूहरुले त्यसको रक्षाका लागि अग्रसरता लिएको बताए ।
‘हामी संविधानको पक्षमा हामी छौं । ओलीको कदमविरुद्ध अरु पार्टीसँग सहकार्यका लागि जरुरी छ र प्रयास जारी छ’, नेपालले ओलीको कदमविरुद्ध संयुक्त आन्दोलनमा जोड दिँदै भने, ‘अधिनायकवादविरुद्ध हामी हातेमालो गर्दै आन्दोलनमा जान चाहन्छौं । तपाईँहरु मिडियाको भूमिका पनि महत्वपूर्ण छ ।’
नेपालले आधिकारिक नेकपा आफूहरू नै भएको दाबी गर्दै दुई तिहाइ केन्द्रीय सदस्यको बहुमतलाई कसैले नकार्न नसक्ने दावी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ