बादल बिरुद्ध बर्षमानको काउन्टरः चिडियाखानामा थुन्छु भन्नेलाई सडकको गल्लीमा घिसारीन्छ

बादल बिरुद्ध बर्षमानको काउन्टरः चिडियाखानामा थुन्छु भन्नेलाई सडकको गल्लीमा घिसारीन्छ

  • शनिबार, माघ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.9K
    SHARES

माघ २४ तनँहु । नेकपा प्रचण्ड माधव समुहका स्थायी समिति सदस्य बर्षमान पुनले गृहमन्त्री राम बहादुर थापाले मांसहारी आन्दोलन गर्न खोज्नेहरुलाई चिडियाखानामा थुन्ने धनी दिएको चेतावनीको काउन्टर गरेका छन् ।
आज तनहुमा कार्यकर्ताहरुलाई संवोधन गर्दै पुनले ओली बादल तानाशाही बन्न खोजेको र त्यस्तो धम्की दिनेलाई आन्दोलन सफल भए पछि सडकको गल्लीमा घिसार्ने प्रतिचेतावनी दिएका छन् ।
युद्ध र क्रान्ति आन्दोलनमा जेलनेल,हत्या सबै सहेर आएका नेता कार्यकर्तालाई नधम्क्याउन भन्दै पुनले संसारका धेरै तानाशाह जस्तै ओली बादलको हविगत हुने दाबी गरे ।
आफूहरु यस्ता धम्कीसँग नडराउने भन्दै पुनले ‘भने केपी–रामबहादुर थापा गुटको धम्कीले कोही डराएको छैन, हामी डराएका छैनौं’, पुनले भने, ‘ओली र थापाजस्ता शासकहरु यो गल्लीमा लतारिन्छन्, पछारिन्छन् कसैले हेर्दैनन् । इतिहासमा कति शासकहरु लतारिए, कति मारिए हामीले धेरै देखेका छौं । प्रतिस्धर्पा गर्ने भए जनतामा विचार लिएर आउनुस् । धम्की नदिनुस् ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ