किशोरीलाई बलात्कार पछि हत्या गरिएको आशंका, प्रहरीले अनुसन्धान गर्दै

किशोरीलाई बलात्कार पछि हत्या गरिएको आशंका, प्रहरीले अनुसन्धान गर्दै

  • शनिबार, माघ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.7K
    SHARES
bhagrathi

माघ २४ वैतडी । विद्यालयबाट घर फर्कने क्रममा हराएकी बैतडी दोगडा–केदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरिएको दाबी गरिएको छ । बिहीबार साँझ घरनजिकैको लखलेक जंगलमा उनको शव भेटिए पछि विद्यार्थीहरुले हिजो प्रदर्शन गर्दै बलात्कार पछि हत्या गरिएको दाबी गरेका छन् । उनी कक्षा १२ की विद्यार्थी थिईन् ।

आन्दोलित विद्यार्थीले दिनभर बैतडीको महाकाली लोकमार्ग पनि अवरुद्ध पारे । आन्दोलनरत विद्यार्थीले किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्नु पर्ने माग गरे ।

बुधबार विद्यालयबाट घर फर्कने क्रममा भागरथी घर नपुग्दै बेपत्ता भएकी थिइन् । घटनास्थल पुगेर जिल्ला प्रहरी, प्रदेश प्रहरी र सिआईबीको टोलीले सबै कोणबाट अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको छ । साथमा प्राविधिक टोली पनि परिचालन गरिएको छ ।

चडेपानीमा रहेको श्रमिक माविमा कक्षा १२ मा अध्ययनरत भागरथी बुधबार विद्यालयबाट नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए । सम्पर्कविहीन भएको एक दिनपछि भट्टको मृत शरीर घरनजिकैको जंगलमा फेला परेको थियो । किशोरी भट्टको बलत्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी