सांसद यादवद्धारा मनियारीमा ढलान सडक र नालाको शिलन्यास

सांसद यादवद्धारा मनियारीमा ढलान सडक र नालाको शिलन्यास

  • शुक्रबार, माघ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

वीरगञ्ज २३ माघ । पर्सा नर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ स्थित मनियारी गाउँमा निर्माण हुनलागेको ढलान सडक र नालाको शिलन्यास गरेका छन् ।

५० लाख रुपैयाँको लागतमा गाउँमा निर्माण गर्न लागिएको ढलान सडक र नालाको सांसद् यादवले शुक्रबार एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् ।ु

शिलन्यास कार्यक्रममा बोल्दै सांसद् यादवले दशकौँदेखि जनताको मत लिएर सरकार बनाउँदै आएका काङ्ग्रेस र कम्युनिष्टले कुनै काम नगरेको कारण मधेसको विकास नहुन सकेको आरोप लगाए ।

सांसद् यादवले आफ्नो कार्यकालमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा विकास निर्माणका सबैभन्दा धेरै काम भएको दावी समेत गरे ।

ुकाङ्ग्रेस र कम्युनिष्टहरु यो क्षेत्रबाट कयौँ पटक निर्वाचित भएर गएका छन् तर आजसम्म यहाँ एउटा ढलान सडकसमेत निर्माण गर्न सकेका छैनन्,ु सांसद् यादवले भने, ुउनीहरुको कारण मधेसमा अहिलेसम्म विकास हुनसकेको छैन । म निर्वाचित भएर आएदेखि यस क्षेत्रमा सबैभन्दा धेरै विकास निर्माणका काम हरु सुरु भएका छन् ।ु

यादवको विशेष पहलमा सङ्घ सरकारको शहरी विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट निर्माण हुनलागेको १ सय ७५ मिटर लामो सडक ढलान र नाला निर्माणको कार्य उपभोक्ता समिति मार्फत गरिंदै छ ।

मनियारी टोल उपभोक्ता समितिले निर्माण गर्न लागेको ढलान सडकको चौडाई २० फिट हुनेछ । सडकको दुवै तर्फ २र२ फिटको फराकिलो नालापनि निर्माण गरिने उपभोक्ता समितिका सचिव सुनिल साहले बताए ।

सडक निर्माण हुनेभएपछि स्थानीय हर्षित छन् । सडक नहुँदा वर्षायाममा हिलो र गर्मिको समयमा धुलो(धुवाले स्थानीय पिडित थिए । सडक निर्माण भएपछि स्थानीयहरुको शहरी क्षेत्रसम्मको पहुँचपनि बढ्ने सचिव साहले विश्वास व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ