माघ २३ काठमाण्डौं । नेकपा ओली समुहका नेता ईश्वर पोखरेलले अर्काको मृत्युमा आफ्नो जीवन देख्ने अवसरवादी प्रचण्ड र उनको प्रवृतिलाई साथ दिने कुष्ठा पाल्ने माधव कुमार नेपाललाई कनुै पनि हालतमा सफल हुन नदिने चेतावनी दिएका छन् ।
ओली समुहले आज आयोजना गरेको जनसभालाई संवोधन गर्दै पोखरेलले आन्दोलनका नाममा अपराध गरिएको, हड्तालका नाममा जनतालाई दुखः दिईएको भन्दै हड्तालका नाममा जलाईएको ट्याक्सीको क्षतिपुर्ति सरकारले दिने बताए ।
पोखरेलले प्रचण्डको अवसरवादी प्रवृतिकै कारण आजको अवस्था आएको भन्दै कुनै पनि मुल्यमा उनीहरुलाई सफल हुन नदिने चेतावनी दिए ।
उनले आधिकारीक नेकपा र सूर्य चिन्ह केपी ओली नेतृत्वकै पार्टीको हुने दाबी गर्दै प्रचण्ड माधव समुहले निर्वाचन आयोगलाई धम्क्याईरहेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline