माघ २३ काठमाडौँ । संवैधानिक आयोगका पदादीकारीहरु नियुक्ति र शपथ बदर गर्न माग गर्दै रिट निवेदन पेश गर्न सभामुख अग्नी सापकोटा आफै सर्वोच्च अदालत पुगेका छन् । उनले अदालतमा सो निवेदन पेश गरीसकेका छन् ।
सापकोटाले निवेदनमा पुश ५ गतेको संवैधानिक परिषद्को निर्णय बदर गर्न माग गरेका छन् ।
नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका संवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ । त्यस्तै उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने पनि सभामुख सापकोटाले रिटमा माग गरेका छन् ।
सभामुख सापकोटासँग दाहाल(नेपाल नेतृत्वको नेकपाका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पनि अदालत पुगेका छन् ।
।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline