माघ २३ काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति जनसर्मन देखाउने लक्ष्य राखेर आज नेकपा ओली समुहले राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।
यस अघि लगातार संसद विघटनको बिरुद्धमा सभा र विरोध पदर्शृन भईरहेकाले त्यसको काउन्टरका लागि यो सभा राखिएको अनुमान गरिएको छ ।
आमसभाका लागि नारायणहिटी दरबार अगाडिको सडक खालि गरिएको छ । जनसभामा तीन लाख मानिस उर्ताने तयारी भएको ओली समुहको दाबी छ । यो सभालाई सफल पार्न हिजो मार्चपास गरिएको थियो ।
बागमती प्रदेशका सबै जिल्लाबाट र अन्य जिल्लाबाट पनि स्वतस्फुर्त रुपमा नेता कार्यकर्ता जम्मा हुने एक नेताले बताए ।
मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने छन्। सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको क्रियाकलाप राजासँग मिल्दो हुनु र नारायण हिटी दरवार अगाडि नै कार्यक्रमको आयोजना गर्नु आफैँमा आश्चर्यजनक भएको अरु पक्षका नेताहरुको तर्क छ ।
प्रचण्ड माधव पक्षका नेता सुरेन्द्र पाण्डेले ओलीले माघ २३ गते हिन्दु राष्ट्र घोषणा गर्न बेर नलगाउने यस अघि अभिव्यक्ति दिएका थिए ।
ओली समुहले गर्ने जनसभालार्ई प्रचण्डले पञ्च भेला र र्यालीको संज्ञा दिदै आएका छन् ।