माघ २२ काठमाण्डौं । आज नेपालमा १७१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २८७८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।
यसै गरी २४ घण्टामा २२७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ । यो भनेको ९८.४ प्रतिशत हो ।
यसै गरी २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३३ पुगेको छ ।
अब जम्मा सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७७ रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline