माघ २२ जनकपुर । आज घोषित आम हड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ ।
झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फुटेको छ ।
बन्दकारीले गाडीमा तोडफोड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट रगत बग्न थालेपछि झालाई कार्यकर्ताहरुले लगेका थिए ।
बन्द खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा नेकपाका स्थायी समिति सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहित दर्जनबढी कार्यकर्ता घाइते भएका छन्। यादवको खुट्टामा चोट लागेको छ भने प्रहरीको लाठी प्रहारबाट झाको टाउकोमा गम्भीर चोट लागेको छ।
यस्तै एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरमा दुई दर्जन बढी हवाई फायर भएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline