ओली सरकारको निशानामा अष्टलक्ष्मी शाक्य, विहानै कलंकीबाट पक्राउ परिन्

ओली सरकारको निशानामा अष्टलक्ष्मी शाक्य, विहानै कलंकीबाट पक्राउ परिन्

  • बिहिबार, माघ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

माघ २२ काठमाण्डौं । संवैधानिक निकायमा असंवौधानिक नियुक्ति भएको भन्दै आज आम हड्ताल घोषणा गरेको नेकपा प्रचण्ड माधव समुहकी स्थायी समिति सदस्य अष्ट लक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बन्द सफल पार्न कलंकी आर्कमा जिम्मेवारी पाएकी शाक्य सहितलाई निंरकुश सरकारले गिराफ्तार गरेको भन्दै नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीट गरेका छन् ।
शाक्य ओली बिरुद्ध आक्रामक बयान दिने नेतामा पर्छिन् । बागमति प्रदेश सभा सदस्य रहेकी शाक्यलाई प्रचण्ड माधव समुहले सदनमा मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेसँगै उनलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।
शाक्यसगँै अन्य दर्जनौँ नेता कार्यकर्तालाई बिहानै प्रहरीले पक्राउ गरीसकेको छ ।
शाक्य अहिले सम्म पक्राउ पर्ने उच्च स्तरीय नेतृ हुन् ।
हड्तालको प्रभाव बिहानैदेखि परेको छ । हड्तालका क्रममा अज्ञात समुहले गोंगबुमा एउटा ट्याक्सीमा आगजानी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ