माघ २२ काठमाण्डौं । संवैधानिक निकायमा असंवैधानिक तरीकाले नियुक्ति र शपथ खुवाईएको भन्दै आज नेकपा प्रचण्ड माधव समुहले आम हड्तालको आव्हान गरेको छ । हड्ताल सफल पार्न निस्किएका दर्जनौ कार्यकर्ताहरुलाई उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिन शुरु गरेको छ । अहिले सम्म ३० जना भन्दा बढीलाई पक्राउ गरीसकेको छ ।
सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
त्यस्तै गोगबुबाट ४ कार्यकर्ता पक्राउ परेको नेकपाका नेताहरुले बताएका छन् ।
यसैबीच बन्दकै दिन अज्ञात समुहले गोंगबुमा एउटा ट्याक्सीमा आगजानी गरेको छ । आगजानीका कारण ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।टयाक्सीमा आज्ञो लगाउनेको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline